श्री वाग्मत्यै नमः
‘वाधीश वाग्भवे वाणि भारती भवहारिणी
वग्वी भूति भवेशनि भवप्रिय नमोस्तुते ।
नमस्ते देवी वाग्मत्यै सर्व दुस्कृत नाशिनी
अधमे धुलितं पापं त्वद्दं शनिश्चिराजिमत् ।।’
वाग्मती मुहान वाग्द्वारमा यो श्लोक लेखिएको छ । यो वाग्मतीको महिमा गान हो । शिवपुरी जंगलमा घुम्दा खुसी भएका महादेव हाँस्दा हाँसोसँगै निस्केकी हुनाले नदीको नाम वाग्वती रहन गएको प्रसंग स्कन्ध पुराण हिमवत् खण्डको नेपाल महात्म्यमा पाइन्छ । शिवपुरी क्षेत्रको पवित्रता यसैमा वर्णित छ । वाग्मतीको मुहानमा बाघको मुखाकृतिबाट पानी निस्केको देखाइएको छ । यो नेपाल महिमासँग मेल खाँदैन । ‘वाग्वतीं सरितां श्रेष्ठां महादेवमुखोद्भवाम्’ नेपाल महिमा ११ अध्याय ९८ औं श्लोकमा लेखिएको छ । यसको अर्थ वाग्मती महादेवको मुखबाट उत्पत्ति भएकी हुन् । अतः यहाँ महादेवको मुखाकृतिबाट पानी निस्केको देखाएर वास्तविक इतिहास देखाउनुपर्छ । वाक्को अर्थ वाणि हो । वाणिको स्रोत मुख हो ।
पुराणमा वर्णित वाग्वती नदी हाल वाग्मतीको मुहानमा मुखाकृति देखाउने हो भने देवाधिदेव महादेवको मुखाकृति बनाउनु नै उपयुक्त देखिन्छ । पौराणिक आधार देखाएर यसका माध्यमबाट पर्यटक प्रवर्दन कार्य पनि गर्न सकिन्छ । बाघको मुखाकृतिबाट पानी आएको बनाएको प्रति २४ वर्षदेखि त्यही पुण्यभूमिमा तपस्यारत टोड्के बाबापनि प्रसन्न हुनुहुन्न ।
वाग्मतीको मुहानमा राखिने आकृतिसँग त्यहीँ १४ वर्षदेखि तपस्यारत ॐ बाबालाई कुनै सरोकार छैन । उहाँले यो नदी प्रादुर्भावको रोचक कथा भने छोटकरीमा सुनाउनुभयो । भागीरथी नदीले समुद्र भरिएर संसार डुबाउन लागेपछि पार्वती माताले संसारलाई जोगाउन रोक्नुभयो । पुनः पवित्र नदीको आवश्यकता परेपछिभगवान् शिवले वाग्वती सृष्टि गर्नुभयो । उहाँले अत्यन्त छोटकरीमा वाग्द्वारलाई मुक्ति हुने ठाउँ भन्नुभयो । वाग्द्वार माथिको शिवपुरी चुचुराको तल भूमिगत पोखरी छ । वर्षाको पानी त्यहाँ जम्मा हुन्छ र निरन्तर वाग्द्वार भएर बग्ने ॐ बाबा र टोड्के बाबाले ठोकुवा गर्नुहुन्छ । वाग्द्वारमा तीन वटा ढुंगेधारा करिब २० फुट लम्बाइको वर्गाकार पोखरी टोड्के बाबाको अगुवाइमा निर्माण गरिएको उहाँको भनाइ छ । टोड्के बाबाको कुटी भूकम्पले भत्काएपछि पुनर्निर्माण नगरिएको, बाबाको माग नभए पनि सबैको कल्याणका लागि बस्ने बाबाका लागि सुरक्षित आश्रयस्थल बनाइनु नितान्त आवश्यक छ । यसको पूर्वमा नुवाकोट जिल्ला, पश्चिममा नुवाकोट जिल्ला, उत्तरमा नुवकोट र दक्षिणमा बूढानीलकण्ठ नगरपालिका रहेको छ ।
बूढानीलकण्ठ उत्पत्तिका सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलनमा छन् । हामीले अध्ययनका क्रममा हिमवत् खण्डको नेपाल महिमा र हालका मठाधीश श्री १००८ स्वामी निगमानन्दको भनाइलाई आधिकारिक मानेका छौँ । शिवपुरीमा सूर्यकेतु नाम गरेका राजा थिए । उनले दैनिक बद्रीनाथ र केदारनाथको दर्शन नगरी अन्न ग्रहण गर्दैनथे । राजा बृद् भइसकेपछि उनको शरीरले दिनचर्या धान्न सकेन । राजाले भोजन त्याग्नुपर्ने अवस्था आएको बद्री र केदार भगवानलाई जाहेर गरे । भगवानले उनकै राज्यमा दर्शनको व्यवस्था मिलाउने वचन दिए । यति भनेर भगवानले विश्वकर्मालाई आफ्नो मूर्ति बनाइदिन आज्ञा दिए । विश्वकर्माले मूर्ति बनाएपछि भीमले अहिले बूढानीलकण्ठ विराजमान भएको ठाउँमा मूर्ति प्रतिस्थापन गरिदिए । भोलिपल्ट दर्शन गर्दा भगवानको भिन्न आकृति देखेर राजा सूर्यकेतुले भगवानप्रती आशंका गरे । आफूमाथि षड्यन्त्र भएको गुनासो राजाले गरेपछि भगवानले तिम्रा सन्तानले समेत यहाँ आई दर्शन नगरून् भने पछि गद्दीसीनहरूले बूढानीलकण्ठको दर्शन गरेनन् । यो द्वापर युगको कुरा थियो । कलि युग सुरु हुनुपूर्व पृथ्वीमा उथलपुथल भयो । बूढानीलकण्ठको मूर्ति पुरियो । अर्को युग सुरु भएपछि यस क्षेत्रमा पनि मानिसको बस्ती विकास भयो । मानिसहरूले बूढानीलकण्ठको मूर्ति माथि धान झाँट्ने खलो बनाए । यसमा धान झाँट्दा जति झारे पनि धान निख्रिएन । थोरै धानको पनि उत्पादन धेरै भयो । अन्यत्र झारेको धान त्यस खलोमा खन्यायो भने दोब्बर बन्थ्यो । मानिसहरू अचम्म मानेर त्यो स्थानमा उत्खनन गरे । खन्दा त्यहाँ रगत आयो । अहिले पनि मूर्तिमा हेर्ने हो भने दाहिने हातको बूढी औंलामा खत देखिन्छ । मूर्ति भेटिएपछि पाप लाग्ने डरले किसानहरू भगवानका शरणमा परे । भगवानले पाप नलाग्ने वरदान दिएपछि उनीहरू खुसी भए । बरु किसान नीलकण्ठले उक्त उत्खनन गर्न थालेकाले मूर्तिको नाम नै किसानको नामबाट गरियो । किसान बृद् हुनाले मानिसले बृद् नीलकण्ठ भन्न थाले । कालान्तरमा अपभ्रंश हुँदै बूढानीलकण्ठ नाम प्रसिद्द हुन गयो । बद्री र केदार शिव स्वरूप छन् । विष्णु रूप यो मूर्तिमा सर्पको माला र पद्मको स्थानमा खरानीको थुप्रो हुनाले शिव–विष्णु स्वरूप देखिन्छ । यहाँ बटुकले पूजा गर्ने परम्परा छ । राजा प्रताप मल्लको पालासम्म पनि यस मूर्तिमा विराजमान भगवान् चलायमान थिए । दैनिक अप्सरा घाट गई स्नान गर्थे । एकदिन राजा प्रताप मल्ल बूढानीलकण्ठको दर्शन गर्न आए । एक नागले हत्तपत्त मन्दिर प्रवेश गर्न लागेका राजा प्रताप मल्लको बाटो छेके । प्रताप मल्लले उक्त नागलाई अन्धो भएस् भनेर श्राप दिए । उक्त नाग अहिले बहिरो नाग भनिन्छन् । त्यसपछि भगवान् छाया स्वरूपमा भक्तजनलाई दर्शन दिने गरी शालिग्राम स्वरूपमा रहे । ईश्वर भनेको अनौठो र असम्भव कार्य गर्न सक्ने भन्ने बुझिन्छ । बूढानीलकण्ठ अवस्थित पोखरीमा मूर्तिको छाया हेरियो भने मूर्तिकै स्वरूप देखिन्छ । बूढानीलकण्ठ मन्दिरको पूर्व भागमा वासिक गाउँ पञ्चकन्या मन्दिर, पश्चिममा विष्णुमती नदी,उत्तरमा मुहान पोखरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र दक्षिणमा चपली, पार्क भिलेज होटल रहेको छ ।
See More
जाम्छेन विजय स्तुपा बुढानिलकण्ठ नगरपालिका वडा नं.–३ मा अवस्थित एक महत्वपूर्ण बौद्ध धार्मिक तथा सांस्कृतिक स्थल हो, जुन बौद्ध दर्शन, ध्यान, करुणा र विश्वशान्तिको सन्देश फैलाउने केन्द्रका रूपमा विकसित हुँदै गएको छ । यो स्तुपा विशेषगरी तिब्बती महायान परम्पराअनुसार निर्माण गरिएको हो र यसले धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण भूमिका खेलेको छ । राजधानी काठमाडौंको कोलाहलबाट टाढा, हरियाली डाँडामा अवस्थित यस स्तुपा भौगोलिक रूपमा पनि शान्त वातावरणमा रहेको छ ।
यस स्तुपाको नाममा रहेको “विजय” शब्दले बौद्ध धर्मको ज्ञान, करुणा र शान्तिको विजयलाई जनाउँछ । जाम्छेन भनेको बौद्ध धर्ममा उच्च स्थानमा रहेका दिव्य शक्ति सम्पन्न देवताको प्रतीक हो, जसले करुणा र रक्षाको प्रतिविम्ब जनाउछ । स्तुपाको वास्तुकला अत्यन्तै आकर्षक छ, जसमा बौद्ध धर्मका विविध प्रतीक चिन्हहरू, रंगीन प्रार्थना झण्डाहरू, थाङ्का चित्रहरू, र बुद्धका जीवनीसँग सम्बन्धित मूर्तिहरू सजिएका छन् । यस स्तुपाको वरिपरि वज्रयान बौद्ध अनुयायीहरूले मनि पद्मे हुँ मन्त्र जाप गर्दै घुम्ने परम्परा छ ।
स्तुपा परिसरमा ध्यान केन्द्र, प्रार्थना स्थल, पुस्तकालय, धार्मिक अध्ययन तथा संवादका लागि कक्षहरू पनि स्थापना गरिएको छ । यहाँ नियमित रूपमा तिब्बती लामा तथा गुरूहरूको उपस्थितिमा ध्यान अभ्यास, शिक्षादान, पूजा र विशेष धार्मिक उत्सवहरू आयोजना गरिन्छ । विशेषगरी बुद्ध जयन्ती, ल्होछार, र धर्मचक्र प्रवर्तन दिवसका अवसरमा हजारौं भक्तजन तथा पर्यटकहरूको भिड लाग्ने गर्दछ ।
पर्यटकीय दृष्टिले हेर्दा, जाम्छेन विजय स्तुपा एक आकर्षक गन्तव्य हो । यहाँबाट काठमाडौं उपत्यकाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । हरियाली वातावरण, सुन्दर बगैंचाहरू, बौद्ध संगीत, र सम्यक सन्तुलित मौन वातावरणले गर्दा यो स्थल केवल धर्मिक होइन, अध्यात्मिक विश्राम र ध्यानको लागि पनि उपयुक्त स्थान बनेको छ । विदेशी पर्यटकहरू पनि यहाँ आएर बौद्ध दर्शनबारे जानकारी लिने, ध्यान गर्ने र तिब्बती संस्कृतिको अनुभव लिने गर्छन् । स्थानिय बासिन्दा, भक्तजन तथा बौद्ध धार्मिक संस्था मिलेर स्तुपाको संरक्षण तथा व्यवस्थापन गर्दै आएका छन् । स्तुपाले समुदायमा नैतिक मूल्य, सहिष्णुता र आपसी सहयोगको भावना फैलाउने कार्य गरिरहेको छ। बौद्ध धर्मको मूल सन्देश—अहिंसा, करुणा र ज्ञान—यस स्तुपाको निर्माण, सञ्चालन र वातावरणमा स्पष्ट देखिन्छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको गर्भमा अवस्थित यो गुम्बालाई प्राकृतिक सौन्दर्यले छपक्कै छोपेको छ । जंगलको बीचमा रमणीय डाँडामाथि अवस्थित यो गुम्बासम्म पुग्न सडक सुविधा पनि छ । तलबाट निस्कँदा गुम्बा नपुगुन्जेल यो घनघोर जंगलमा मानवीय उपस्थितिको कल्पना पनि गर्न सकिन्न । गुम्बा ठूलो क्षेत्रफलमा फैलिएको छ । हजारौं मानिस अटाउन सक्ने यो पूर्वाधार हेर्न लायक छ । यहाँ सयौं विद्यार्थी आवासीय रूपमा अध्ययनरत छन् । कक्षा ८ सम्म सरकारी पाठ्यक्रमका अतिरिक्त बौद्ध धर्म सम्बन्धी पाठयक्रम पढाइ हुने यस गुम्बाले आध्यात्मिक शिक्षालाई प्राथमिकता दिएको पाइन्छ । यहाँ बौद्ध परम्परा अनुसार पूजापाठ र ध्यान पनि गर्ने व्यवस्था छ । जंगली जनावर र चराचुरुंगीका आवाजले यसको मोहकता अझ बढाएको पाइन्छ । प्रकृति अध्ययनका लागि पनि यो सुन्दर पाठशालाका रूपमा रहेको छ । यसको पूर्वमा तारेभीर, पश्चिममा विष्णुद्वार धाम, उत्तरमा वाग्द्वार, दक्षिणमा बूढानीलकण्ठ मन्दिर रहेको छ ।
See More
चुनीखेल धोबी खोलाको पूर्वीतटमा अवस्थित भद्रकाली मन्दिर यहाँको धरोहर मानिन्छ । वैशाखपूर्णिमा (चण्डीपूर्णिमा) का अवसरमा यहाँ विशेष मेला लाग्छ । यहाँ पूर्णिमाको दुई दिन अघिदेखि नै मेलाको रौनक सुरु हुन्छ । त्रयोदशीका साँझ पञ्चवली दिएर पूजा गरिन्छ । चतुर्दशीमा बिहानै वरिपरिका टोलबाट आएर पूजा आराधना गर्छन् । पूर्णिमामा पनि बिहानैदेखि भद्रकालीको पूजा आराधना सुरु हुन्छ । यो दिन राति टुपेक, टुसाल र चपलीबाट भद्रकालीका र गाम्चाबाट गणेशको सहित रथहरू ल्याइन्छन् ।
टुपेकका गुठियारहरूले बोका वलीसहित चाः (रात्रि) पूजा गर्छन् । गाम्चाबाट ल्याएको गणेशको रथ राति बास नबसाई गणेश थानमै पुर्याउने प्रचलन छ । भद्रकालीका रथहरू राति यहीँ बास बसाइन्छन् । भोलिपल्ट माथिल्लो टुसालका गणेशको रथ बाजासहित गाम्चा जाने बाटोमा भद्रकालीलाई लिन जाने अनि सबै रथहरू गाम्चा चौरमा पुर्याई राँगाको वलीसहित पूजा गरेर सिन्दूर जात्रा गरिन्छ । यसपछि वासा (पटुका) भुइँमा बिछ्याएर रथहरूलाई गाम्चाबाट बिदाइ गरेपछि आआफ्ना स्थानमा रथ पुर्याएर आआफ्ना टोलमा जात्रा गर्दै मेला समापन गर्ने प्रचलन छ । यसको पूर्वमा जनउद्दार मावि, पश्चिममा रुद्रमती (धोबी) खोला, उत्तरमा सुवर्ण शमशेर क्रिकेट मैदान, दक्षिणमा संयुक्त बसपार्क रहेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज २००९ मा नामाकरण भयो जबकि शिवपुरी पहाडको जङ्गल क्षेत्रलाई सन् २००२ मा नै राष्ट्रिय सन् निकुञ्जको नामाकरण गरी त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सम्पदाहरूको प्रवर्दन तथा विकास प्रक्रिया अगाडि बढाइएको हो । शिवपुरी क्षेत्र २७०४५’ उत्तरी अक्षंश देखि २७०५२’ उत्तरी अक्षंशसम्म फैलिएको छ भने ८५०१६’ पूर्वी देशान्तर देखि ८५०४५’ पूर्वी देशान्तर सम्म फैलिएको छ । त्यसैगरी नागार्जुन जङ्गल २७०४३’ उत्तरी अक्षांस देखि २७०४६’ उत्तरी अक्षांश र ८५०१३’ पूर्जी देशान्तर देखि ८५०१८’ पूर्वी देशान्तर सम्म फैलिएको छ । २००९ मा नागार्जुन पहाडको यो क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण भएको र त्यस अनुरूप विकास गरिएको हो । यो राष्ट्रिय निकुञ्ज ११८.६१ ब.कि. क्षेत्रफलमा फैलिएको छ भने समुन्द्र सतहबाट १३५ मि. देखि २७३२ मि. सम्मको उचाइमा फैलिएको छ । काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लासँग सिमाना जोडिएको यो राष्ट्रिय निकुञ्जले बूढानीलकण्ठ नगरपालिकाका ३ वटा वडाहरू जोडिएका छन् । यो जंगल क्षेत्रले बूढानीलकण्ठ नगरपालिका मात्र नभई उपत्यकाको उत्तरी क्षेत्रलाई नै स्वच्छ पिउने पानी र वायु प्रदूषण नियन्त्रणमा अहं सहयोग पुर्याएको छ । सानो क्षेत्रफल भए पनि यो क्षेत्र जैविक विविधताका दृष्टिले ज्यादै महत्वपूर्ण छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज २००९ मा नामाकरण भयो जबकि शिवपुरी पहाडको जङ्गल क्षेत्रलाई सन् २००२ मा नै राष्ट्रिय सन् निकुञ्जको नामाकरण गरी त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सम्पदाहरूको प्रवर्दन तथा विकास प्रक्रिया अगाडि बढाइएको हो । शिवपुरी क्षेत्र २७०४५’ उत्तरी अक्षंश देखि २७०५२’ उत्तरी अक्षंशसम्म फैलिएको छ भने ८५०१६’ पूर्वी देशान्तर देखि ८५०४५’ पूर्वी देशान्तर सम्म फैलिएको छ । त्यसैगरी नागार्जुन जङ्गल २७०४३’ उत्तरी अक्षांस देखि २७०४६’ उत्तरी अक्षांश र ८५०१३’ पूर्जी देशान्तर देखि ८५०१८’ पूर्वी देशान्तर सम्म फैलिएको छ । २००९ मा नागार्जुन पहाडको यो क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नामकरण भएको र त्यस अनुरूप विकास गरिएको हो । यो राष्ट्रिय निकुञ्ज ११८.६१ ब.कि. क्षेत्रफलमा फैलिएको छ भने समुन्द्र सतहबाट १३५ मि. देखि २७३२ मि. सम्मको उचाइमा फैलिएको छ । काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लासँग सिमाना जोडिएको यो राष्ट्रिय निकुञ्जले बूढानीलकण्ठ नगरपालिकाका ३ वटा वडाहरू जोडिएका छन् । यो जंगल क्षेत्रले बूढानीलकण्ठ नगरपालिका मात्र नभई उपत्यकाको उत्तरी क्षेत्रलाई नै स्वच्छ पिउने पानी र वायु प्रदूषण नियन्त्रणमा अहं सहयोग पुर्याएको छ । सानो क्षेत्रफल भए पनि यो क्षेत्र जैविक विविधताका दृष्टिले ज्यादै महत्वपूर्ण छ ।
यो क्षेत्रमा १२५० प्रकारका फूल फुल्ने वनस्पति, ५७ प्रकारका जडीबुटी, ४९ प्रकारका कन्दमूल १२९ प्रकारका च्याउ पाइने कुरा निकुञ्जबाट प्रकाशित दस्तावेजहरूमा उल्लेख छ । शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्जमा २४ प्रकारका स्तनधारी, १०६ प्रकारका पुतली र ३१८ प्रकारका चरा चुरुंगी भएको आँकडा छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । शीतोष्ण हावापानी, बहुप्रजातीय वनस्पति तथा जीवजन्तु, मनोरम प्राकृतिक दृश्य आदिका कारण आगन्तुकहरूको मनै लोभ्याउँछ । घुमन्ते हुन् या प्रकृति प्रेमी, तीर्थालु हुन् या खोजकर्ता यो क्षेत्र सबैका लागि वैभवशाली छ, उपयोगी छ, महत्वपूर्ण छ । धार्मिक पर्यटनका लागि वाग्द्वार, विष्णुद्वार, शिवपुरी चुचुरो, कामधेनु शिला, शतरुद्रेश्वर शिला लगायत मुख्य छन् भने दृश्यावलोकनका लागि ककनी–गुर्जे–छापभञ्ज्याङ–शिवपुरी–पानी मुहान वाग्द्वार–रोल्चे–चिसापानी, टोखा–गुर्जेभञ्ज्याङ–गुरुङ गाउँ लगायतका क्षेत्रहरू बढी आकर्षक छन् ।