Logo Budhanilkantha

Login with Google

Dhobi Dhunga

← All Destinations
Cover

Dhobi Dhunga

बूढानीलकण्ठ नगरपालिका वडा नं २ वासिक गाउँको माथि सिरानमा एउटा विशाल ढुंगो छ । स्थानीयहरू यो ढुंगालाई धोबी ढुंगा भन्दछन्‌ । तौलुङबाट तारेभीर जाने बाटो यही धोबी ढुंगाको शिर हुँदै पूर्वतिर गएको छ । यसको अर्को नाम तारा खसे ढुंगा पनि भनिन्छ । सिकारीदेवी र पञ्चकन्यादेवीबीच विवाद हुँदा पञ्कुमारीदेवीले कान्छी औंलाले माथिबाट गुडाउँदा यो ढुंगा यहाँ आएर रोकिएको भन्ने किंवदन्ती पनि छ। यसको पूर्वमा नारायण डाँडा बालुवा, गोकर्णेश्वर नपा वडा १, पश्चिम बुढानीलकण्ठ मन्दिर वडा नं. ३, उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र नागी गुम्बा पर्दछ ।