Logo Budhanilkantha

Login with Google

Shivapuri Nagarjun National Park

← All Destinations
Cover
MediaMedia

Shivapuri Nagarjun National Park

बुढानिलकण्ठ नगरपालिकाका ३ वटा वडाहरू पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज २००९ मा नामाकरण गरी त्यस क्षेत्रको भौगोलिक तथा प्राकृतिक सम्पदाहरूको प्रवर्दन प्रक्रिया अगाडि बढाइएको हो । काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लासँग सिमाना जोडिएको छ । यो जंगल क्षेत्रले बूढानीलकण्ठ नगरपालिका मात्र नभई उपत्यकाको उत्तरी क्षेत्रलाई नै स्वच्छ पिउने पानी र वायु प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याएको छ । सानो क्षेत्रफल भए पनि यो क्षेत्र जैविक विविधताका दृष्टिले ज्यादै महत्वपूर्ण छ । यस क्षेत्रमा १२५० प्रकारका फूल फुल्ने वनस्पति, ५७ प्रकारका जडीबुटी, ४९ प्रकारका कन्दमूल १२९ प्रकारका च्याउ पाइने कुरा निकुञ्जबाट प्रकाशित दस्तावेजहरूमा उल्लेख छ । शिवपुरी नागार्जन राष्ट्रिय निकुञ्जमा २४ प्रकारका स्तनधारी, १०६ प्रकारका पुतली र ३१८ प्रकारका चरा चुरुंगी भएको आँकडा छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज धार्मिक, पर्यटकीय र वातावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । धार्मिक पर्यटनका लागि वाग्द्वार, विष्णुद्वार, शिवपुरी चुचुरो, कामधेनु शिला, शतरुद्रेश्वर शिला लगायत मुख्य छन् भने दृश्यावलोकनका लागि ककनी–गुर्जे–छापभञ्ज्याङ–शिवपुरी–पानी मुहान वाग्द्वार–रोल्चे–चिसापानी, टोखा–गुर्जेभञ्ज्याङ–गुरुङ गाउँ लगायतका क्षेत्रहरू बढी आकर्षक छन् ।